तुलसी राम पौडेल -फर्साटिकर,,बैशाख २७
गण्डकी प्रदेश स्याङ्जा जिल्ला स्थित विरुवा गाउपालिकाले दोस्रो लहरको कोरोना सक्रमण रोकथाम तथा नियन्त्रणको लागि आवश्यक तयारी पुरा गरेको छ ।
गाउपालिकाले बडा न ६ चिन्नेबासमा १२ बेड र वडा न १ को स्वास्थ्य चौकिमा ५ बेड गरि कुल १७ बेडको आइशोलेसन तयार पारेको छ । गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुलराज सुुुुवेदीले आवश्यकता अनुसार थप बेडहरु निर्माणको लागि समेत तयारी गरिएको बताउनु भयो । उहाका अनुसार सबै बेडलाइ पुग्ने गरि अक्सिजनको समेत ब्यबस्था गरिएको छ। CCTV क्यामेराको समेत प्रबन्ध गरिएको छ । आइशोलेशनमा एक जना डक्टर र २ जना स्टाफ नर्सले चौबिसै घन्टा बिरामिको हेरचाह गर्ने प्रबन्ध समेत गरिएको छ ।

बिरुवा गाउपालिकामा हाल सम्म २जना महिला र ४ जना पुरुष गरि कुल ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकालाई आइशोलेसनमा राख्ने र बाहिरबाट आएकालाइ १५ दिन होम क्वारेन्टाइनमा बस्ने गरि प्रबन्ध समेत गरिएको प्रमुख प्रशासकिय अधिकृत सुबेदिले बताउनु भयो । उहाका अनुसार गाउपालिकाले ४५ बेडको क्वारेन्टाइन समेत निर्माण गरेको छ । स्वास्थ्य जटिलता देखिएका ब्यक्तिहरुलाइ ठुला अस्पतालमा रिफर गर्नको लागि गाउपालिकाको एम्बुलेन्स तयारि अवस्थामा राखिएको छ । यसैगरी हरेक वडामा होम क्वारेन्टाइन अनुगमन तथा निगरानी समिती समेत गठन गरिएको छ । उक्त समितिले क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको स्वास्थ अवस्था बारेमा गाउपालिकालाइ जानकारी गराउनुको साथै पिसिआर परीक्षणको लागि सिफारिस समेत गर्ने प्रवन्ध गरिएको छ ।
अघिल्लो पटकको भन्दा यसपटकको कोरोना भेरियन्ट बढी जटिल देखिएकोले गाउपालिकाले बजार , शैक्षिक सस्था तथा सार्बजनिक यातायात बन्द गरेको छ । गाउपालिका बाट प्रदान गरिने अत्याबश्यक बाहेकका सबै सेवा हरु समेत ३१ गते सम्मको लागि बन्द गरिएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

