Rashtriya Dainik

सिमामा काेराेना संग अाफु लडि जनताहरुकाे ज्यान बचाउँदै सुरक्षाकर्मी

नन्दु यादव / बैसाख २७ ,पश्चिम नवलपरासी

विश्वब्यापी रुपमा फैलिएको नोवेल कोरोना भाईरस संक्रमणलाई रोकथाम एंव नियन्त्रण गर्ने नेपाल सरकारको नीतिलाई पूर्णरुपमा कार्यान्वयन गराउन सबै सुरक्षाकर्मीहरु २४ सै घण्टा अहोरात्र परिचालन भईरहेका छन ।

ब्यक्तिगत सुरक्षा एवं सहकर्मीहरुलाई कोरोना संक्रमण हुँदा पनि कुनै प्रवाह नगरी कोरोना बिरुद्धको अभियानमा स्व: स्फुर्तरुपमा जनताको जिवनको रक्षाका लागि नि:स्वार्थ लागि परिरहेका छन ।

पश्चिम नवलपरासी जिल्लाको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण र यस अन्तर्गतका युनिटहरु समेत सीमा नाकालाई पुर्णरुपमा सिल गरी कुनैपनि अवैध क्रियाकलाप, अवांक्षित गतिविधि नियन्त्रणमा उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गरिरहेका छन ।

पश्चिम नवलपरासी जिल्ला पाल्हिनन्दन गाउँपालिकाको पडरीदेखि सुस्ता गाउँपालिकाको बलिनगरसम्म जम्मा २७.५ कि.मी. नेपाल भारतको खुल्ला सीमानालाई सशस्त्र प्रहरी बलले मानव साङ्लोको अवधारणा अनुरुप भरपर्दो सुरक्षा ब्यवस्था प्रदान गर्न अहोरात्र खटिईरहेको भन्ने कुरा सीमास्थित बसोबास गर्ने स्थानियहरुले बताएका छन ।

उक्त सीमा ईलाकामा टेन्ट/पाल टाँगेर अस्थायी पोष्टहरु निर्माण गरी सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. पश्चिम नवलपरासीले जनाएको छ

सरकारले सुम्पिएको जिम्मेवारीलाई पुर्ण रुपमा कार्यान्वयन गर्न प्रतिकुल मौषम न्युनतम बन्दोबस्तीको उपलब्धतामा पनि कोरोना विरुद्ध कत्तिपनि विचलित नभई नेपाल सरकारको नीतिमा कटिबद्ध रहको जानकारी प्राप्त भएको छ ।

सशस्त्र प्रहरी कर्मचारीहरुले बर्षातको समयमा समेत अहोरात्र खटिई स्थानियहरुको सुरक्षामा खेलेको भुमिका प्रशंसनिय रहेको स्थानियहरु बताउँछन।सशस्त्र प्रहरी कर्मचारीहरुको बर्तमान परिचालन नीतिले सीमामा हुने अवैध चोरी निकासी, तस्करी एंव सीमा अपराधमा समेत उल्लेख्य मात्रामा कमी आएकाे प्रतापपुर गाउपालिकाका वडा न ४का वडा अध्यक्ष जन्त्री प्रसाद बरई ले बताउनु भयाे ।

स्थानिय बासिन्दाहरुलाई प्रत्यक्ष लाभ हुने गरी समय सान्दर्भिक सचेतनामुलक कार्यक्रमहरु-कोरोना भाईरसबाट बच्ने तरिका, सावधानीका उपायहरु, माक्सको प्रयोग गर्ने तरिका एंव विभिन्न भाषामा लकडाउन र निषेधाज्ञाको सूचना फ्लेक्स प्रिन्टमा टाँस गरी कोरोना रोकथाम तथा नियन्त्रणमा अतुलनीय भूमिका निर्वाह गरेको भनि जनप्रतिनिधिहरु तथा सीमावर्ती ईलाकामा बसोबास गर्ने स्थानियहरुले समेत बताउने गरेको छन ।

पालमा बसी दिनरात नभनी २४ सै घण्टा सीमा क्षेत्रमा पहरा दिई महामारीको समयमा जनतालाई घरभित्र ढुक्कसंग बस्न सक्ने वातावरण सिर्जना गरी कोरोना रोकथाममा खेलेको भूमिकाको मुक्त कण्ठले प्रसंसा गर्दै परिचालित सुरक्षाकर्मीलाई स्थानियले उच्च सम्मान ब्यक्त गर्ने गरेका छन ।राज्यले दिएकाे जिम्मेवारी पूरा गर्न सुरक्षाकर्मी हरु लागि परेका छन।अस्थाई टेन्ट र पाल मा बस्दै अाएका सुरक्षाकर्मीले हरु हावाहुरी र पानी अाउदा निकै समस्या भाेग्नु परेकाे छ ।हावाहुरिले पाल नै उडाउछ भन्ने डर ले पनि पानीमा रुझेर पनि पाल समातेर पनि अाफ्नाे कर्तब्य पुरा गरिरहेका छन । बसाई ,चर्पी ,खानेपानी लगायतकाे कुरामा निकै कठिनाई अवस्था रहेता पनि यी समस्या भाेगेर पनि राज्यले दियकाे जिम्मेवारी पूरा गरिरहेका छन ।कालाे बुट युनिफर्म लगाई हतियार लिएर दिनरात सिमाकाे सुरक्षामा लागिरहेका छन ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित