उमेश बि.क / नवलपरासी , २६ बैशाख
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण (Covid-19) को दोस्रो लहरकाे सङ्क्रमण बढदै गएपछि नवलपरासी जिल्ला पनि यसको उच्च जोखिममा परेको छ ।
भारतीय सीमा क्षेत्रबाट निर्वाध रुपमा आवतजावत भइरहेका कारण पश्चिम नवलपरासीमा पनि कोरोना सङ्क्रमण फैलिरहेकाे र अझै फैलिन सक्ने जोखिम बढेको स्थानीयवासीहरु बताउँछन् ।
‘‘भारतीय बजार ठुठिबारी ,लक्ष्मीपुर ,बरगदवा जाने आउने क्रम चल्दै छ”, ‘‘सीमाक्षेत्रमा हुने आवागमन नरोकिदाँ कोरोना सङ्क्रमणको जोखिम अत्यधिक बढेको छ ।” जोखिम बढ्दै गएपनि सो अनुसारको सुरक्षा साबधानी अपनाइएको देखिदैन्, स्थानीय रन्जित शर्मा बताउछन् ।‘‘भारतको उत्तर प्रदेशमा समेत कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिरहेको छ”,।

नवलपरासीकाे स्थानीयवासी ज्ञानेश्वर सहानीले् भन्छन् ‘‘छिमेकी जिल्लामा कोरोना फैलिरहेपनि सिमावर्ति क्षेत्रमा स्वास्थ्य सुरक्षा सावधानी अपनाइएको देखिदैन्, फलस्वरुप कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा तिब्र रुपमा फैलिने भएकाले नेपाल भारत सीमाक्षेत्रमा हुने आवागमनलाई तत्काल रोक्नुपर्छ ।”
एकातिर सीमासँग जोडिएका भारतको उत्तर प्रदेशका विभिन्न स्थानमा कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिरहेकाले तत्काल भारतीय सीमा नाकाहरु बन्द गर्नुपर्ने आवाज उठेपनि कार्यान्वयन नहुदाँ अझै सर्वसाधारण वारिपारि गरिरहेका छन् ।

भारतको विभिन्न शहरमा काम गरी नेपाल फर्किने क्रम पनि अझै रोकिएको छैन् । खुल्ला सीमानाका कारण मुख्य नाकासँगै अन्य विभिन्न चोर बाटो भएर सर्वसाधारण नेपाल भित्रिने गरेका छन् । तीमध्ये अधिकांशले सिधैं परिवार तथा आफन्तजनको सम्पर्कमा पुग्ने गरेका कारण कोरोना भाइस सङ्क्रमण उच्च दरमा फैलिने सम्भावना प्रवल रहेको छ ।

भारतीय बजार जाने र आउने क्रम बढेकाले जोखिम बढेको छ ।” खुल्ला सीमानाकाका कारण हुलका हुल मानिसहरु सीमावर्ती भारतीय बजार ठुठिबारी जाने आउने गरिरहेकाले सङ्क्रमणको जोखिम बढेको तर जिल्ला र स्थानीय तहबाट त्यसलाई रोक्ने प्रयास नभएको स्थानीयवासीहरुको गुनासो छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

