राजन कुमार बानिया/पर्सा २६ बैशाख ।
पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वामा सामाजिक अभियानता ताराचन पंडितको पहलमा निशुल्क माक्स वितरण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
छिपहरमाई गाँउपालिका वारड ५ भिस्वाका समाजसेबि किशोर जैसवालको आयोजनामा वडा नं ५ भिस्वामा ३ हजार माक्स बितरण एवं कोरोना बारे जनचेतना कार्यक्रम गरिएको समाजसेबि जैसवालले बताए ।
नयाँ भेरियन्ट सहितको कोभिड(१९ कोरोना भाइरस महामारीको दोस्रो लहर तिब्र रुपमा बढीरहेको बेला कोरोना भाइरसको प्रभावलाई रोकथाम गर्ने प्रयास स्वरुप कार्यक्रम गरिएको जैसवालले बताए। जैसवालले अत्यावश्यक काम बाहेक बाहिर हिडडुल नगर्न र बाहिर जानै परे स्वास्थ्य मापदण्ड अपनाएर जान अनुरोध गर्नुभयो ।
कार्यक्रममा स्थानीय र प्रहरी प्रशासन लगायतको उपस्थिती रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

