तुलसी राम पौडेल /फर्साटिकर , बैशाष २६
रुपन्देहिको शुद्दोधन गाउपालिका वडा नम्बर -४ फर्साटिकर स्थित मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना गरिएको मोतिपुर अस्थायी कोरोना अस्पताललाई ५ शैयाबाट १० शैयाको बनाइएको छ|गाउपालिकामा दिनप्रतिदिन कोरोना सक्रमितको सन्ख्या वृध्दि र सक्रमणले मृत्यु समेत हुन थालेपछि गाउपालिकाले सक्रमण रोकथाम तथा नियन्त्रणको लागि शुद्दोधनवासिको लागि कोभिड रोगको परीक्षण एवम् उपचारको लागि योजनाहरु सार्वजनिक गरेको छ| |
अबदेखि शुद्दोधनका जनताले पिसिआर परिक्षण को लागि पैसा तिर्नुपर्दैन | त्यसै गरि एम्बुलेन्स र मोतिपुर अस्थायी कोरोना अस्पतालमा लाग्ने सम्पुर्ण खर्च समेत गाउपालिकाले ब्यहोर्ने गाउपालिका अध्यक्ष किसुनचन्द चौधरिले बताउनु भयो| यदि अन्य अस्पताल लानु पर्ने अवस्था आएमा नेपाल अधिराज्यभरि जुनसुकै ठाउमा जाने यातायात व्यवस्था लाग्ने शुल्क समेत गाउपालिकाले ब्यहोर्ने गाउपालिका प्रवक्ता राजेन्द्र कन्डेलले बताउनु भयो|

त्यसै गरी कोरोनाको कारणले मृत्यु भएमा शब ब्यबस्थापन समेत गाउपालिकाले गरिदिने प्रवक्ता कन्डेलले बताउनु भयो| कोरोना सक्रमण तिब्र गतिमा बढिरहेकोले ५ शैयाको कोरोना अस्पताललाई १० शैयाको र बनाइएको र सक्रमितको उपचारको लागि २४ घण्टा सेवा दिइएको मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज डा* मदन केसीले बताउनु भयो|
गाउपालिका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले गाउपालिकामा बढिरहेको कोरोनाको जटिल परिस्थितिमा जोखिमको प्रवाह नगरी जनस्वास्थ्यमा खटिने स्वास्थ्यकर्मिहरुलाई धन्यवाद दिदै कोरोना नियन्त्रणको लागि सचेत भैइ सहयोग गर्न सम्बन्धित सरोकारवला सम्पुर्णलाई आग्रह गर्नुभयो|
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

