Rashtriya Dainik

देउवाको नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय

काठमाण्डाै – प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा हिजो बसेको कांग्रेस संसदीय दलको बैठकले केन्द्रीय कार्यसमितिको गएको चैत २१ गतेको बैठकमा पारित प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रस्तावलाई अनुमोदन गरेको हो ।

साथै कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय समेत गरेको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार गर्ने र अरु दलहरुलाई पनि विश्वासको मतको विपक्षमा मतदान गर्न आग्रह गर्ने कांग्रेसले जनाएको छ ।

कांग्रेस संसदीय दलको बैठकले सोमबारका लागि आह्वान गरिएको प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित