Rashtriya Dainik

पश्चिम नवलपरासीमा शनिबार मात्रै १ सय ४६ जनामा कोरोना संक्रमित , ५ जनाको मृत्यु

नवलपरासी ,२५ बैशाख

पश्चिम नवलपरासीमा शनिबार मात्रै १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएको मध्ये यो सङ्ख्या जिल्लामा देखिएको दैनिक सङ्क्रमणमध्ये सबैभन्दा धेरै हो ।

जिल्लाको रामग्राम नगरपालिकाका २ जना, बर्दघाट नगरपालिकाका र सुस्ता गाउँपालिकाका एक–एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देवीलाल पौडेलले जानकारी दिनुभयो ।

जसमध्ये रामग्राम नगरपालिका वडा नम्बर ४ का ४४ वर्षीय महिलाको भिम अस्पताल भैरहवा, रामग्रामकै वडा नम्बर १६ की ६२ वर्षीय महिलाको पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा मृत्यु भएको छ ।

यस्तै बर्दघाट नगरापलिका वडा नम्बर ४ का ७८ वर्षीय पुरुषको होम आईसोलेशनमा र बर्दघाटकै वडा नम्बर २ का ६८ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । मृतक बर्दघाटका ६८ वर्षीय पुरुष नेकपा एमाले नेता रहेको बताइएको छ ।

बर्दघाट नगरपालिका वडा नम्बर २ निवासी त्यी नेतामा श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको पौडेलले बताउनुभयो ।

सुस्ता गाउँपालिका ५ का ३५ वर्षीय पुरुषको पृथ्वी चन्द्र जिल्ला अस्पतालमा मृत्यु भएको कोरोना फोकल पर्सन पौडेलले बताउनुभयो । आज ५ जना संक्रमितको मृत्यु भएसँगै जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ ।

यसैविच जिल्लामा शनिबार एकैदिन १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सङ्ख्या जिल्लामा देखिएको दैनिक सङ्क्रमणमध्ये सबैभन्दा धेरै हो । शनिबार थपिएकासँगै जिल्लामा कोरोना संक्रमितको संख्या २४ सय ८० पुगेको छ । अब जिल्ला भित्र ९ सय ६३ जना संक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित