खगेन्द्र अबस्थि /कैलालि
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ मा निर्माण भइरहेको रिङ्गरोडको कालोपत्रे गर्ने कार्य शुरु गरिएको छ । करिव १७ किलोमिटर लम्बाइ रहेको रिङ्गरोडको पहिलो चरण अन्तरगत ३.५६ किलोमिटर सडक कालोपत्रे गर्नेकाम भुखाली चोक बाट शुरु भएको हो । विश्व माहामारीका रुपमा फैलीएको कोरोना भाइरस सँक्रमणका कारण जिल्लामा जारी निषेधाज्ञाका बावजुद पहिलो चरणमा ३.५६ मिटरको सडक कालो पत्रे गर्ने कार्य शुरु भएको छ ।
पछिल्लो समय तिव्र रुपमा फैलिदो कोरोना सँक्रमण रोकथामकालागि जारी निषेधाज्ञाका कारण विकास निर्माणका काममा कामदारको अभाव खड्कीरहेका बेला सुखड स्थीत रिङ्गरोड कालो पत्रेको कामले भने निरन्तरता पाएको छ ।
पहिलो चरणको ३.५६ किलोमीटर सडक निर्माणका लागि रेखा जे.बी. निमार्ण सेवा लम्की सँग १ करोड ५८ लाख ६० हजार ९ सय ५८ रुपैयाँमा ठेक्का सम्झौता भएको छ । काम सुरु भएको एक वर्ष भित्रमा ३ किलोमिटर ५६ दशम्लब मिटरको सडक कालो पत्रे भई सक्ने सम्झौतामा उल्लेख गरिएको छ । रिङ्गरोडको गत २०७८ पुष ७ गते नगर प्रमुख ममता प्रसाद चौधरीले एक कार्यक्रमका विच शिलान्यास गरेका थिए ।
स्थानीय सरकार र राष्ट्रिय योजना आयोगको साझेदारीमा उक्त रिङ्गरोड निर्माण भइरहेको हो । सुखडको भुखाली चौकबाट पिपलडाडा, पूर्वी पेट्रोल पम्प ,बेलार, लक्ष्मीपुर, घोडाघोडी, कौवा, ज्वाला नगर हुँदै भुखाली चौक सम्म करिब १७ किलोमिटको रिङ्गरोडको निर्माण अवधि ३ वर्षको रहेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

