Rashtriya Dainik

लुम्बिनी प्रदेशसभा सदस्य जयसवालकाे पहलमा एचडीयु केन्द्र सञ्चालन हुने

नवलपरासी , २४ बैशाख । कोरोना संक्रमितहरुको सुविधायुक्त उपचारको लागि पश्चिम नवलपरासीमा एचडीयु केन्द्र सञ्चालन हुने भएको छ ।

गत वर्ष नै पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमामा एचडीयू केन्द्र सञ्चालनका लागि जिल्लास्थित कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले निर्णय गरे पनि आवश्यक पहल नहुँदा सञ्चालन हुन सकेको थिएन।

एचडीयू सेवा नहुँदा संक्रमितहरुको उपचारमा समस्या आएको र मृत्यु दर समेत बढ्न थालेको भन्दै प्रदेश सभा सदस्य बैजनाथ जयसवालले लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठको ध्यानाकर्षण गराएपछि १० बेडको एचडीयू केन्द्र सञ्चालनको तयारी सुरु गर्न लागिएको हो । 

प्रदेश सभा सदस्य जयसवालको ध्यानाकर्षणपछि मन्त्रालयले परासीमा प्रस्तावित गरिएको भवनको निरीक्षण गरेको थियो । केन्द्र निर्माणका लागि अस्पतालको पुरानो भवन प्रस्तावित गरिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरीले प्रस्तावित केन्द्रको निरीक्षण गरेका छन् । सो क्रममा निर्देशक गिरीलाई अस्पतालले केन्द्र निर्माणका लागि १ करोड ४६ लाख लाग्ने लागत स्टिमेटबारे जानकारी गराएको थिए । निरीक्षणपछि मन्त्रालयद्धारा २/४ दिनमा एचडीयू सेवा सञ्चालनको तयारी थालिने जानकारी आएको प्रदेश सभा सदस्य जयसवालले बताए ।

 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित