बैशाख २४ । पश्चिम नवलपरासीमा शुक्रबार (आज) एकैदिन एक सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्य पुरुष ७२ र महिला ५६ जनामा संक्रमण पुष्टि भएको हो । पिसिआर परिक्षणबाट एक सय १२० र एन्टिजिन परिक्षणबाट ८ जनामा संक्रमण भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ । यो सङ्ख्या जिल्लामा देखिएको दैनिक सङ्क्रमणमध्ये सबैभन्दा धेरै हो । जिल्लाको रामग्राम नगरपालिकामा मात्रै ५५ जनामा कोरोना संक्रमण भएको छ ।
यस्तै सुनवल नगरपालिकामा ३८ जना, बर्दघाट नगरपालिकामा १३ जना, पाल्हीनन्दन गाउँपालिकामा १० जना, सरावल गाउँपालिकामा ६, सुस्ता गाउँपालिकामा ५ जना र प्रतापपुर गाउँपालिकामा एक जनामा कोरोना पोजिटिभ देखिएको छ । शुक्रबार थपिएकासँगै जिल्लामा कोरोना संक्रमित हुनेको संङ्ख्या २३ सय ३५ पुगेको छ । अब जिल्ला भित्र ८ सय १८ जना संक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । जिल्लाबाट स्वाव संकलन गरि पठाएका मध्ये अझै ४० जनाको पिसिआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
यसैविच पश्चिम नवलपरासीमा शुक्रबार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको रामग्राम नगरपालिका वडा नम्बर १४ का ७५ वर्षीय पुरुषको होमआईसोलेशनमा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देवीलाल पौडेलले जानकारी दिनुभयो । मृतकमा विहिबार मात्रै कोरोना पोजेटिभ देखिएको थियो । उनमा स्वासप्रस्वासमा समस्या भएपछि मृत्यु भएको पौडेलले बताउनुभयो । यससँगै जिल्लामा कोरोना संक्रिमितको मृत्यु हुने संङ्ख्या ६१ पुगेको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

