तुलसी राम पौडेल /सियारि,२३ बैशाख
बिश्वब्यापी महामारी रुपमा फैलिएको कोभिड -१९ को सक्रमणबाट पिडित विरामिहरुको उपचारको लागि रुपन्देहीको सियारि गाउँपालिकाले सियारि -७ पश्चिम अमवा स्वास्थ्य चौकिमा स्थापना गरेको अस्थायी कोभिड -१९ अस्पताल कोरोनाको दोस्रो लहरको आक्रमण भएदेखि २४ घण्टे सक्रिय रुपमा सन्चालन भैरहेको छ।हाल ५ शैयाको रुपमा संचालित कोभिड अस्पताल १५ शैयाको अस्पतालमा परिवर्तन हुने गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारुले बताउनु भयो ।

सियारीवासीलाई अक्सिजनको अभावमा ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले कोभिड अस्पतालमा अक्सिजनको प्रयाप्त मात्रामा व्यवस्था गरेको अध्यक्ष थारुले बताउनु भयो । उपचार सहज गराउनको लागि सियारि गाउपालिकाले २ वटा एम्बुलेन्स संचालन गर्दै आइरहेको छ।एउटा एम्बुलेन्स गर्भवती महिलाको लागि थियोे भने अर्को एम्बुलेन्स कोभिडको लागि संचालनमा प्रयोग गरिदै आएको थियोे ।कोभिड विरामिहरुको चाप बढ्दै गएमा गाउपालिकाका सरकारी दुबै सवारी साधन कोभिडको विरामि बोक्नको लागि प्रयोग गरिने र त्यसबाट पनि अझ साधनको आवश्यक भएमा आफ्नो निजि सवारि साधन समेत प्रयोग गरिने गाउपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो ।
ढ
सियारि गाउपालिका वडा नम्बर -७ का वडा अध्यक्ष सरोज अधिकारीले कोभिड दोस्रो लहरको आक्रमणबाट विरामिहरुको चाप बढ्ने अवस्थालाई मध्यनजर गर्दै हाल संचालित ५ शैयाको अस्पताललाई एक दुई दिनमै १५ शैयामामा रुपान्तरण गरिने बताउनु भयो। उपचारको अभावमा ज्यान नजाओस् भन्ने उद्देश्यले यस अस्पताललाई २४ घण्टा संचालनमा क्याइएको हो । विरामी ओसारपसार गर्नको लागि २४ घण्टा २ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको वडा अध्यक्ष अधिकारीले बताउनु भयो । कोभिड अस्पताल संयोजक दिपेन्द्र रिजालले कोभिडको साथसाथै अन्य रोगको उपचार भैरहेको बताउनु भयो ।यहा फिभर क्लिनिक संचालन गरिएको र क्लिनिक अन्तरगत ज्वरो ,रुघाखोकी , लगायतको पनि उपचार गरिने कोभिड अस्पताल संयोजक रिजालले बताउनु भयो ।हाल अस्पतालमा एक जना मेडिकल अधिकृत ,४ जना स्टाफ नर्स ,५ जना पारामेडिक्स गरी १० जना स्वास्थ्यकर्मीहरु निरन्तर खटिरहेको संयोजक रिजालले बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

