कृष्णा यादव/वीरगंज २३ बेशाख
सिमानाका को जिम्मेवारी पाएका सशस्त्र प्रहरी बिअोपी पाँकाँहा र सबैठवाको सहयोगले व्यापकरुपमा गाई ,भैसी , डिजल , पैट्रोल लगाएतका सामानहरुको व्यापक रुपमा तस्करी शुरु ।
नेपाल सरकारले लागू गरेको लकडाउनको धज्जिया उदाउँदै सशस्त्र प्रहरी बिअोपी पकाँहा र सबैठवा बिअोपीको संरक्षणमा डिजल , पैट्रोल, गाई , भैसी लगाएतको तस्करी सुचारु गराएको समाचार प्राप्त भएको छ।
छिमेकी मुलुक भारतको बिहारमा कोरोना संक्रमितको सख्या व्यापक रुपले बढदै गएको कारणले भारतमा लकडाउन भएपनि सशस्त्र प्रहरीको सहयोगले भारतिय कामदारहरु समेत तस्करहरु तस्करीको सामान सहित नेपाल भित्रनै गरेको हुनाले समयमै अावत जावत बन्द भएन भने पर्सा जिल्ला भरि घरघरमा कोरोना संक्रमित हुने गरने तथ्यांकले देखाउछ।
अहिले पर्सा जिल्ला कोरोनाको हटस्पट बन्दै गएको कारणले नेपाल र भारतको सिमानाकामा पुर्णरुपले अावतजावत सम्म बन्द हुने गरि बोर्डर सिल गरन निर्देशन दिए पनि पकाँहामैनपुर , धोरे , हसवा , बडका गाऊको नाकाहुदै पेट्रोल पम्पहरुवाट १०० वटा साइकलहरुमा लोड गरि नेपालवाट भारत तर्फ दिनहुँ सशस्त्र प्रहरीको सहयोगले जाँदै गरेको भिडियो हामी संग सुरक्षित रहेको छ।
प्राप्त समाचार अनुसार सो नाकावाट राती प्रतेक गोटा भैसी तस्करहरुले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलेर भित्रयाउदै गरिरहेको छ भने सो नाकामा रहेको सशस्त्र प्रहरीको बिओपीलाई प्रती भैसी ४ सय रुपैयाको दरले तस्करहरुले दिदै अाएको पाकाँहा निवासी एक स्थानियले नाम नछाप्ने शर्तमा बताएकाछन ।
पर्साको पाकाँहा र सबैठवा नाकावाट भारतका नामुद तस्करहरु पर्साको खेस्राहा गाऊको नहरको बाटो हुँदै पोखरीया बाजरको बाटो प्रयोग गर्दै परवानीपुर दैनिक ५० देखी १ सय सम्म भैंसी रातीको १२ बजे देखि ४ बजे भैसी तस्करहरुले पुर्याउने गरेको छ भने त्यसतै गरि पेट्रोल र डिजल भारतको विभिन्न बजारहरु सम्म पुर्याउने गरेको स्थानियहरुले बताउछन ।
स्थानीय प्रहरी चौकी र बोर्डर आउट पोस्ट पकहाका सशस्त्र प्रहरी निरीक्षक अमृत केसी तथा बोर्डर आउट पोस्ट सबैठवाका सशस्त्र प्रहरी निरीक्षक प्रकाश भुजेल दुबैले एसपि र डिअाईजिको नाऊमा समेत मासिक लाखौ रूपैयाँ नजराना दिए पश्चात् माध्यमले तस्करीको लाइन सुचारू भएको स्थानीयले दावी गरेका छन् ।
यस्तो महामारीको बेलापनि सशस्त्र प्रहरीको तल्लो देखि माथिल्लो हाकिमहरुलाई लाखौं रुपैयाको नजराना बुझाई तस्करहरुले सो नाकाहरुवाट भारतवाट नेपाल तर्फ गाई , भैसी र नेपालवाट भारत तर्फ डिजल , पेट्रोल लगाएतका सामानहरुवाट लाखौं रुपैयाँको राजशव चुहावट भईरहेको छ।यस्ता गतिविधि तर्फ सशस्त्र प्रहरी प्रमुख अाईजिपी शैलेन्द्र खनाललाई ध्यान जान यति अावशयक देखिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

