Rashtriya Dainik

निषेधज्ञा र सामाजिक दुरीको धज्जिया उडाउँदै मेराे माइक्राेफाइनान्स

राष्ट्रिय दैनिक / नवलपरासी ,२३ बैशाख

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ३ सरावलमा मेराे माइक्राेफाइनान्स वितिय संस्थाले निषेधाज्ञा र सामाजिक दुरीको धज्जिया उडाउँदै बैठक बसेकाे पाइएको छ।

कोरोना महामारिको यो परिस्थितिमा समेत मेराे माइक्राेफाइनान्स वितिय संस्था शाखा कार्यालय तिलकपुरले मेराे सरावल माइक्राेफाइनान्स केन्द्र सरावलमा निषेधाज्ञाकाे समयमा २५ भन्दा बढी सेवाग्राही एकठाउँमा जम्मा गरि व्याज तथा किस्ता वापतको रकम असुली गरि रहेको पाइएको छ । बैठकमा नत समाजिक दुरी नै कायम थियो ,नत मास्ककाे प्रयाेग ।

कोरोनाभाइसको नयाँ भेरियन्ट सहितको संक्रमण तिव्रगतिमा फैलिरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालय र सबै स्थानिय तहले भिडभाड हुने सम्पुर्ण क्रियाकलाप, बिधालय लगायतका संघ सस्थाहरु बन्द गर्न  निर्देशन गरेका छन् ।

कोरोना संक्रमणको कारण विश्व आक्रान्त बनि रहेको अवस्थामा बैंक तथा वितिय संस्थाहरु पनि आफ्नो व्यापार संचालन गर्न नै तल्लिन छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा (बन्दाबन्दी) रहेको अवस्थामा अति बिपन्न वर्गलाई हातमुख जाेड्ने कठिन भइरहेको अवस्थामा सेवाग्राहीहरुसँग किस्ता वापतको रकम तथा बचत असुली गर्न तल्लिन् छन् ।

निषेधाज्ञाकाे कारण दैनिक जीवन यापन गर्नमा पनि समस्या भईरहेको बेला उक्त माइक्राेफाइनान्सले किस्ता बुझाई दिन सेवाग्राहीहरुलाई दबाब दिदै किस्ता असुली रहेको छ ।

वर्तमान अवस्थामा अतिबिपन्न वर्ग एक दिनको खाना पुगे अर्को दिनको लागि जुटाउन सोच्नुपर्ने अवस्थामा मेराे माइक्राेफाइनान्सको किस्ता बुझाउनुपर्ने दबाबले गर्दा सेवाग्राहीहरु आर्थिक तनावको साथसाथै मानसिक तनाव पनि खेप्न बाध्य छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित