Rashtriya Dainik

लुम्बिनीमा हिन्दू परिषद नेपालद्वारा राहत वितरण

भैरहवा २३ वैशाख

हिन्दू परिषद नेपालका केन्द्रिय सचिवालय सदस्य ओमकार पाण्डेयले आज रुपन्देही जिल्लामा रहेको लुम्बिनी साँस्कृतिक नगरपालिकाको वडा नं.१,२,३ मा आफ्नो व्यक्तिगत खर्चबाट कोरोनाबाट पीडित ३० घर परिवारहरु लाई राहत वितरण गरेका छन्।

राहतमा चामल, दाल, आटा, स्वाबिन,आलु,तेल,साबुन,माक्स रहेको थियो।साथै पाण्डेयले कोरोना महामारीको बेला आम जनता मारमा रहेकोले सेवाभाव कार्यमा लाग्न सम्पूर्ण सरोकारवालाहरु सँग आग्रह र अनुरोध गर्दै व्यक्तिगत र राजनीतिक स्वार्थ भन्दा माथि उठ्ने बेला आएको बताएका थिए।भगवान गौतबुद्ध संग प्राथना गर्दै पाण्डेयले भने मानव जीवनको कम क्षति होस् र आम नागरिकको जीवनमा सुख,शान्ति र समृद्धि होस् भनी कामना गरेका छन।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित