बिनोद निगम / नवलपरासी १६ भदौ
रसुवा बाढीमा परी नारायणी नदी हुँदै भारत पुगेका तीन महिला र एक पुरुषसहित चार शव भारतीय प्रहरीले आइतबार र मंगलबार नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ।
भारतको महाराजगन्ज र कुशीनगर जिल्लाको खड्डा गण्डक क्षेत्रमा फेला परेका शवहरू आवश्यक प्रशासनिक तथा कानुनी प्रक्रिया पूरा गरी महेशपुर नाकाबाट नवलपरासी प्रहरीलाई बुझाइएको हो। कुशीनगरका एसडीएम विवेक मिश्रले शवहरू इलाका प्रहरी कार्यालय महेशपुरका प्रमुख प्रहरी निरीक्षक सुभराज बमलाई हस्तान्तरण गर्नुभएको थियो।

शव हस्तान्तरणका क्रममा नेपाल प्रहरी, भारतीय प्रहरी, प्रशासन तथा एसएसबीका अधिकारीहरूको उपस्थिति थियो। यससँगै भारतमा फेला परी नेपाल ल्याइएका शवको संख्या ८ पुगेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरीले जनाएको छ।
मंगलबार दिउँसोसम्म नवलपरासीमा १७३ शव फेला परेकामा ६८ शवको व्यवस्थापन भइसकेको प्रहरीले जनाएको छ। नेपाल–भारत सुरक्षा तथा प्रशासनिक निकायको समन्वयमा भारतमा फेला पर्ने शव नेपाल ल्याउने प्रक्रिया जारी रहेको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

