Rashtriya Dainik

ईन्द्रेणी सामाजिक बिकास मन्चले अाईसाेलसनकाे लागि स्वास्थ्य सामाग्री हस्तान्तरण

नवलपरासी ,२३ बैशाख

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले संचालन गर्न लागेको आइसोलेशन कक्षको लागि इन्द्रेणी सामाजिक विकास मंचले आइसोलेसनको आवश्यक स्वास्थ्य सामाग्री पालिकालाइ हस्तान्तरण गरेको छ ।

भारत मात्र नभइ नेपालमा पनि नयाँ भेरिएन्टको रुपमा रहेको कोरोना भाइरस तिब्र रुपमा बढन थालेपछि प्रतापपुर गाउँपालिकाले आइसोलेशन कक्ष त्रिभुवन क्याम्पस बेलाटारीको भवनमा तयार गर्न लागेको गाउँ पालिका कार्य बाहक अध्यक्ष अन्जु चौधरीले जानकारी गराउदै यस्तो महामारीमा इन्द्रेणीले गरेको सहयोगले अत्यन्तै खुसी लागेको कुरा ब्यक्त गर्दै हरेक बिपत्तिमा इन्द्रेणीको सहयोग रहदै आएको कुरा बताउनु भयो ।

कोरोना महामारीको अवस्थामा देशमा रहेका अस्पतालहरुमा बेड र अक्सिजनको अभाव भएको र कतिपयले उपचार नपाएर मृत्युको मुखमा पुग्नु पर्ने बाध्यतालाई मध्यनजर गर्दै आइसोलेसनका लागि सामाग्री बितरण गरिएको इन्द्रेणी सामाजिक विकास मंचका अध्यक्ष बद्री प्रसाद सुबेदीले बताउनु भयो ।

साथै पालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र लामिछानेले अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन र पालिका भित्रमा कुनै किसिमको भिडभाड नगर्न र कोरोना भाइरसबाट बच्नका लागी स्वास्थ्य मापदण्ड पालना गरि सचेत रहनु पर्ने बताउनु भयो । इन्द्रेणी सामाजिक बिकास मन्च ले करिब ५० हजार बराबरको सामाग्री बितरण गरिएको परियोजना संयोजक सूर्य गैरे ले जानकारी गराउनु भयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित