तुलसी राम पौडेल /मायादेवी , बैशाख २२
रुपन्देहीको मायादेवी गाउँपालिकाले कोरोना संक्रमितको घर घरमै स्वास्थ्यकर्मीको टिम खटाइ होम आइशोलेसनमा बिरामीको परीक्षण , परामर्श र औषधि उपचारलाई निरन्तरता दिइरहेको छ। उक्त टिममा कविराज अधिकृत ध्रुवराज भण्डारी , सिअहेव अधिकृत प्रभु चौधरी तथा हेल्थ असिस्टेन्ट सुरेश चौधरी लगायत रहेका र उपचारको साथमा कन्ट्याक्ट ट्रेसिगंको काम समेत गर्दै आइरहेका छन्।

संक्रमित लाई होम आइशोलेसनमै आयुर्वेद चिकित्सा सहितको उपचार तथा औषधी प्राप्त गर्दा हौसला बढेको छ । सबै संक्रमितको घरमै पुगेर एकिकृत सेवा प्रदान गर्न उक्त टिम निरन्तर सक्रियतापूर्वक कार्य गर्ने अठोट का साथ अगाडी बढिरहेको कविराज ध्रुवराज भण्डारीले बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

