Rashtriya Dainik

काेराेनाबाट वच्न स्वास्थ्य मापदण्ड पालना गर्न जरुरी छ : अध्यक्ष चाैधरी

महेश यादव /नवलपरासी /२२ बैशाख ।

नेपालमा नयाँ भेरियन्ट सहितकाे काेराेना संक्रमणकाे दाेस्राे चरणमा संक्रमित हुनेकाे संख्या पश्चिमी नवलपरासीमा पनि तिब्र रुपले बढ्दै गएको छ

नयाँ भेरियन्ट सहितको काेराेना भाईरसबाट संक्रमित हुनेकाे संख्या संगै संक्रमणबाट मृत्यु हुनेकाे संख्या समेत बढ्दै गरेको छ ।

काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या र संक्रमितकाे संख्या बढ्दै जादा स्वास्थ्य सतर्कता अपाउनकाे लागि गएराती देखि पश्चिम नवलपरासीमा पनि निषेधाज्ञा सुरु भएको छ ।

गएराती १२ बजेदेखि बैशाख ३१ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको हाे ।

नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सङक्रमण नवलपरासीमा पनि बढ्दै जादा निषेधाज्ञा गरिएको र त्यसको पालना गरि स्वास्थ्य सतर्कता अपनाउन गाउँपालिका बासिलाई अध्यक्ष चाैधरीले अाग्रह गर्नुभएको हाे ।

उहाले काेराेना संक्रमण बढ्दै जादा पालिका भित्र रहेको सम्पूर्ण पसल र हाटबजार लगायत अन्य भिडभाड हुने ठाउमा राेक लगाउनुका साथै तरकारी, फलफूल, खाद्यन्न, माछा, मासु, अण्डा, पानी र निर्माण सामाग्री विक्री वितरण गर्ने पसल प्रत्येक दिन विहान ६ बजेदेखि ९ बजेसम्म जिल्ला प्रशासनले जारि गरिएको सुचानामा भनिएको हुदा साेकाे पालना गरि स्वास्थ्य सतर्कता अपनाउनुपर्ने बताउनु भएको हाे ।

साथै पालिका भित्र पनि काेराेनाबाट संक्रमित हुने र ज्यान गुमाउनेकाे संख्या समेत बढिरहेको हुदा पालिका भित्र बसाेबास गर्ने सम्पूर्ण पालिका बासिलाई स्वास्थ्य सतर्कता अपनाई अति अावश्क काम बाहेक घर बाहिर ननिस्कन र घरमै बस्न अाग्रह गर्नु भएको हाे ।

यस्तै विवाह, व्रतबन्ध जस्ता कार्यक्रमहरु १५ जना भन्दा बढी उपस्थीती नगराई तोकिएका जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालन गरेर सो कार्य गर्न प्रशासनले जारि गरिएको सूचनामा उल्लेख गरिएको र साेकाे पालाना गरि काेराेना भाईरसबाट वच्न र अरुलाई बचाउनमा सहयोग गर्न गाउँपालिका बासिहरुकाे साथ सहयोगकाे अापेक्षा गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित