वीरगंज २२ वैशाख
हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले भने भारत, पाकिस्तान, बांग्लादेश, अफगानिस्तान, श्रीलंका बाट नेपालमा चोर बाटो आउने रोहंगिया मुसलमान नेपालको लागि घातक रहेको बताउदै समयमा नरोकिए राष्ट्रियताको लागी खतरा हुने समेत पटेलले संकेत गरे।
नेपाल सरकार र देशको जिम्मेवार राजनीतिक दलहरुलाई यसता बिषय गम्भीर रुपमा लीन समेत पटेलले आग्रह गरेका छन।
विभिन्न शक्ति केन्द्र र एजेन्ट मार्फत तीन तह लाई मिलाई सरकारको सहयोगमा देशको केन्द्रिय राजधानी देखी लिएर गाँउ र शहर सम्म संरक्षण गर्ने काम भई रहेको पटेलले आरोप लगाए। रोहंगिया मुसलमान हाम्रो एकता,अखण्डता,भाईचारा सँगै मुलुक कै लागी घातक हुन,किनकि रोहंगिया मुसलमान खतरनाक नभएको भए विदेशी राष्ट्रले आफ्नो मुलुक बाट किन लखेटे त ? यो सबै राष्ट्रप्रेमी नेपालीले एक पटक सोच्ने बेला आएको पटेलले आज सञ्चाकर्मीहरूसँग कुराकानी गर्दै बताएका हुन।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

