राजन कुमार बानिया /पर्सा ,२२ बैशाख ।
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकाका सम्पूर्ण कोरोना भाइरस संक्रमितको उपचार कुनै अस्पतालमा गराउँदा सम्पूर्ण खर्च गाउँपालिकाले बेहोर्ने गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले बताए । साथै कोरोना भाइरस संक्रमण देखिएको मानिसको उपचारको क्रममा मृत्यु भएका व्यक्तिको घरमा एक व्यक्तिको रोजगार दिने घोषणा गर्नु भएको छ।
गाउँपालिकाका कुनै मानिसलाई ज्वरो,खोकी वा कोरोना भाइरस संक्रमणको लक्षण देखा परेका व्यक्तिलाई छिपहरमाई गाउँपालिकाको अस्थाई आइसोलेन् वार्डमा लागि आवश्यक उपचार गरिने गाउँपालिका अध्यक्ष गुप्ताले बताए।गाउँपालिका अन्तर्गत रहेको बर्थिङ सेन्टरलाई अस्थाई कोभिड अस्पतालमा परिणत गरी सेवा दिने तयारी गरिएको छ।
यस अघि गाउँपालिकाको वडा नं २ सेढामा अस्थाई ८ बेडको आइसोलेन निर्माण गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

