राजन कुमार बानिया/पर्सा ,२१ बैसाख
पर्साको सखुवाप्रसौनी गाँउपालिकाले १० बेडको आईसोलेशन वाड त्यारी गरेको छ । गाँउपालिकाको वडा नं ५ महुवनमा रहेको स्वास्थ्य चौकी मा १० वेडको आईसोलशन वाड संचालनमा ल्याएको गाँउपालिका अध्यक्ष प्रदिप जयसवाल ले जनाएका छन ।
उहाँले एन्टिजेन परिक्षणमा पोजेटिभ देखिएकालाई आईसोलेशनमा राखेर उपचार गरिने बताउनुभयो । कोभिड बिरामीको उपचारमा समस्या नहोस भनेर गाँउपालिकामै सुबिधा सम्पन्न आईसोलेशन महुवन स्वास्थ्य चौकीमा बनाइएको छ। गाउँपालिका भित्रमा एउटा अर्को ठाउँ देवरबाना स्वास्थ्य चौकी मा १५ बेडको अाईसोलेशन निर्माण कार्यको त्यारी भईरहेको गाउँपालिका अध्यक्ष जयसवाल ले जनाएका छन।
भेलिन्टिलेटर र अक्शिन को ब्यवस्थापन प्रदेश सरकार लगायत अन्य निकायले सहयोग गरिदिएमा सखुवाप्रसौनी गाउँपालिका लगायतका जनताहरुलाई सहयोग पुगने गाउँपालिका अध्यक्ष जयसवालले जनाएका छन। उहाँले आईसोलेशन वाडमा चिकित्सक डाक्टर कृष्णा साहको नेतृत्वमा टोली व्यवस्था गरिएको बताउनुभयो । अाईसोलेशनमा अौषधी र बिरामी को खाना को ब्यवस्थापन गरिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

