Rashtriya Dainik

कपिलवस्तुको बहादुरगंजमा कडा बन्यो लकडाउन

प्रिन्स मिश्रा बहादुरगन्ज कपिलवस्तु ,( लुम्बिनी प्रदेश

नेपाल सरकारले जारी गरेको लक डाउन कपिलवस्तुको बहादुरगंजमा निकै सशक्त बनेको छ । नेपाल सरकार, गृह मन्त्रालयकाे निर्देशनमा सवारीसाधन र यात्रुलाई आवागमनमा निकै निगरानी गरिएको छ ।

निगरानी गर्न इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरिक्षक गगन शाही , प्रहरी सहायक निरीक्षक विशाल जीसी र ट्राफिक हवलदार यम प्रसाद न्यौपाने सहितको टाेलीले आफै सडकमा खटी ड्युटी गरेका छन l

बहादुरगंज क्षेत्रमा लक डाउन झनै कडा बन्दै गएको भन्न सकिन्छ । एम्बुलेन्स सववाहन, दैनिक अत्यावश्यक खाद्य प्रयोजन ढुवानीका मालबाहक गाडीहरु , बिरामी लगायतलाई मात्रै आवागमन गर्न र अनआवश्यक रूपमा चलेका मोटरसाइकल , गाडीहरुलाई नियंत्रणमा लिएर निर्देशन दिइएको र उप्रान्त भेटिएमा कार्यवाही गरिने इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरिक्षक गगन शाहीले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित