बितेको २४ घण्टामा नेपालमा थप ७६६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ७४४८ जनामा संक्रमण पुष्टि भएको थियो । काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएपनि संक्रमितको संख्या भने बढ्दो क्रममा रहेका छन् ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा पीसीआर विधिबाट १६ हजार १३१ जनाको परीक्षण गर्दा ७ हजार ५८७ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ५७१ जनाको परीक्षण गर्दा ७३ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ । यस्तै मृतकको कुल संख्या ३ हजार ४१७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै २७७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार भक्तपुरमा ५१३ र ललितपुरमा ६०१ जनामा संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

