नवलपरासी , २० बैशाख
नयाँ भेरिएन्टसहितको कोरोना संक्रमण तिव्रगतिमा बढेसँगै पश्चिम नवलपरासीमा मगंलबार राती १२ बजेदेखि निषेधाज्ञा गरिने भएको छ।
बैशाख २१ गते राती १२ बजे देखि ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी हुने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जारी गर्नुभएको विज्ञप्तीमा जनाइएको छ ।
संक्रमण थप बढ्न नदिन, रोकथाम, नियन्त्रण र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गरिने उल्लेख छ ।
विज्ञप्ती अनुसार अत्यावश्यक सवारीसाधन, तरकारी, दुध, एम्बुलेन्स, बिरामी बोक्ने सवारी, प्रेस, माछा, मासु, पानी पेट्रोल, निर्माण सामग्री जस्ता सवारीलाई बाहेक अन्य सार्वजनिक र नीजि सवारीसाधन सञ्चालनमा रोक नलगाउने निर्णय गरेको छ ।

यस्तै सभा, गोष्ठी, कार्यक्रम नगर्ने, विवाह, पार्टी जस्ता भीडभाड हुने कार्य नगर्ने भनिएको छ । सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, पार्लर, सुनचाँदी पसल, सैलुन, टेलरिङ्, फुटपाथ लगायतका पसल नखोल्ने , होटल र रेष्टुरेन्टले पनि बन्द गर्न भनिएको छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

