Rashtriya Dainik

नवलपरासीमा लागुऔषध सहित दुई जना पक्राउ

संजय कुशवाहा / नवलपरासी ३० असार

नवलपरासीमा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं. २ सुगौलीस्थित भित्री सडक खण्डबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक पाल्हीनन्दन गाउँपालिका वडा नं. २ अमानीगञ्ज बस्ने २५ वर्षीय सोहित कम्कर र मोटरसाइकलको पछाडि सवार सरावल गाउँपालिका वडा नं. ७ भुजहवा बस्ने २३ वर्षीय मोहम्मद अफजल अन्सारी रहेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त टोलीले दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको युपी ५६ एफ ९५२९ नम्बरको भारतीय मोटरसाइकललाई शंकास्पद अवस्थामा फेला पारी जाँच गरेको थियो ।
​जाँचका क्रममा मोटरसाइकलको पछाडि सवार अन्सारीले बोकेको ‘अमेरिकन टुरिष्टर’ लेखिएको झोला भित्र लुकाई राखिएको डाइजेपाम ६४५ एम्पुल ,फेनारगन ६४५ एम्पुल , बुप्रिनोर्फिन ६४५ एम्पुल रहेको अवस्थामा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन थापाले जानकारी दिए ।
पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय नवलपरासीको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित