Rashtriya Dainik

युनिसेफकाे सहयाेगमा सशस्त्र प्रहरीद्वारा जनचेतनामूलक कार्यक्रम सम्पन्न

कपिलवस्तु , बैशाख २० । कष्णनगर नाका हुदै भारतबाट नेपाल आउने नेपालीहरुको स्वास्थ्य सुरक्षाका लागि सिमा क्षेत्रमा शसस्त्र प्रहरीले कोरोना नियन्त्रण तथा रोकथामका जनचेतनामूलक कार्यक्रम गरि स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
सोमवार सशस्त्र प्रहरी बल नेपाल ५ नं. विन्ध्यवासिनी बाहिनीका प्रमुख डिआइजी किशोर प्रधान अफै सिमा क्षेत्रमा खटि भारतबाट नेपाल प्रबेश गर्ने नेपालीहरुलाई पुरानो माक्स फाल्न लगाइ ,नयाँ माक्स वितरण गर्नु भयो । प्रधानले सेनेटाइजर लगाउन, तापक्रम नाप्ने,घरमा कम्तिमा १० दिन अलग्गै बस्न सल्लाह दिनु भयो । ससस्त्रले कोरोनाबाट बच्नका लागि जनस्वास्थ्यका मापदण्डहरु उल्लेखित पम्पप्लेट बाटी जनचेतना कार्यक्रम समेत गरेका छन ।
कार्यक्रमलाई सम्बाेधन गर्दै डिआइजी प्रधानले जिल्लामा कृष्णनगर नाका मात्र खाेलिएकाे हुनले काेभिड १९ नियन्त्रण गर्न सजिलाे हुने बताएका छन । कार्यक्रमकाे अध्यक्षता गरेका कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले काेराेना नियन्त्रकमा कृष्णनगर नगरपलिका हातेमालो गर्दै अघि बढेको बताउनु भयो । नगरपलिकाले सबै वडामा ५,५ वेडकाे आइसुलेसन छिटै संचालनमा ल्याउने नगरप्रमुख शाहले बताउनु भयो ।

सिमानाकाकाे जिम्मा पाएका सशस्त्र प्रहरीले जनताकाे स्वास्थ्य सुरक्षा र काेराेना बाट बच्नकाे लागि भारतसंग सटेकाे लुम्बिनी प्रदेशकाे भैरहवा,कृष्णनगर तथा नेपालगंजकाे जमुनाहा नाकामा मस्क वितरण तथा जनचेतना कार्यक्रम गर्ने याेजना रहेकाे सशस्त्र प्रहरी बल नेपाल ५ नं. विन्ध्यवासिनी बाहिनीले जनाएकाे छ ।
कार्यक्रममा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले युनिसेफ मार्फत सशस्त्र प्रहरी बल नेपाल ५ नं. विन्ध्यवासिनी बाहिनीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएकाे थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित