काठमाडौं– नेपालमा २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित र मृत्युको रेकर्ड कायम भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार १ सय ७६ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा ७ हजार ४ सय ४८ जना संक्रमित भएका छन् । सोही अवधिमा २०२१ जना निको भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ । यो अहिलेसम्मकै धेरै हो । हालसम्म मृत्यु हुनेको संख्या ३३६२ रहेको छ ।
नेपालमा अहिलेसम्म ८३ दशमलव ३ प्रतिशत निको भएका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

