तुलसी राम पौडेल /मायादेवी ,बैशाख २०
रुपन्देहीको मायादेवी गाउँपालिकामा कोभिड १९ संक्रमितहरुको उपचार स्वास्थ्यकर्मीहरु होम आइशोलेशनमा पुगेरै गरिरहेका छन ।
यस किसिमको उपचार सेवामा आयुर्वेद सेवालाई समेत थप गरि उपचार टोलीमा कविराज अधिकृतसहित स्वास्थ्यबाट सिअहेव अधिकृत हेल्थ असिष्टेन्ट अहेव लगायत ४ जनालाई खटाईएको जानकारी कविराज अधिकृत ध्रुवराज भण्डारीले बताउनुभयो ।
स्वास्थ्यकर्मीहरु बिरामीहरुको घरमै पुगी बिरामीहरुलाई संक्रमणको अवस्था सोध्नुका साथै उनीहरुको समस्याअनुसारको उपयुक्त विभिन्न औषधीहरुका साथै रोगप्रतिरोधि आयुर्वेद औषधीहरु वितरण गर्दा संक्रमितहरुको मनोबल उच्च हुनुका साथै थप हौसला समेत मिलेको छ।

महामारीले जनस्वास्थ्यमा गंभीर संकट आएको अवस्थामा आधुनिक चिकित्साले आयुर्वेद चिकित्सालाई समेत समेटदै एकसाथ समुदाय स्तरसम्म जनताले दुवै सेवा प्राप्त गर्न पाउनुले स्वास्थ्यमा मायादेवी गाउँपालिका एक कदम अगाडि भएको कविराज अधिकृत ध्रुब राज भण्डारीले बताउनु भयो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

