नवलपरासी /बैशाख १९
पश्चिम नवलपरासीमा काेेेराेना भाइरस काेभिड १९ तिब्र गतिमा बढ्दै गइरहेको छ। अाइतबार मात्रै १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लामा पिसिआर परिक्षणबाट ७४ र ऐन्टिजेन परिक्षणबाट २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
आइतबार थपिएकासँगै जिल्लामा कोरोना संक्रमितको संङ्ख्या १९ सय १८ पुगेको छ । अब जिल्ला भित्र ४ सय २९ जना सक्रिय सक्रमित रहेका छन् ।
जिल्लाबाट स्वाव संकलनगरि पठाएको मध्य अझै ७० जनाको पिसिआर रिपोर्ट आउँन बाँकि रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म पश्चिम नवलपरासीमा ४७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

