महेश यादव /नवलपरासी ,१९ बैशाख
पश्चिम नवलपरासीमा नयाँ भेरियन्ट सहितकाे काेराेना तिब्र रुपले बढ्दै गरेको छ ।
नयाँ भेरियन्ट सहितकाे काेराेना संक्रमणकाे दाेस्राे चरणमा पनि संक्रमित हुनेकाे संख्या बढ्दै गएको छ ।
काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या र संक्रमितकाे संख्या बढ्दै जादा स्वास्थ्य सतर्कता अपाउन जरुरी रहेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए ।
साथै नगरपालिका भित्र पनि काेराेनाबाट संक्रमित हुने र ज्यान गुमाउनेकाे संख्या समेत बढिरहेको हुदा नगरपालिका भित्र बसाेबास गर्ने सम्पूर्ण जनतालाई स्वास्थ्य सतर्कता अपनाई अति अावश्क काम बाहेक घर बाहिर ननिस्कन र घरमै बस्न अाग्रह गर्नु भएको हाे ।
उहाले काेराेना संक्रमण बढ्दै जादा नगर भित्र रहेको सम्पूर्ण पसल र हाटबजार लगायत अन्य भिडभाड हुने ठाउमा राेक लगाउनुका साथै पसलहरु १० बजे देखि १ बजे संम्म मात्र खाेल्न पाईने बताएका हुन । साथै नगर भित्र सभा सम्मेलन र गाेष्ठिमा पुर्ण रुपमा राेक लगाईकाे उहाले बताउनु भएको हाे ।
नगरपालिकाबाट अाफु यश काेराेना जस्तो विषम परिस्थितिमा जनतालाई जाेगाउन र यसबाट नगर भित्र तथा नगर बाहिर बसाेबास गर्ने कुनै पनि ब्यक्ति माथि मानवीय क्षति नहाेस भन्ने नगरालिकाबाट सधै साथ सहयोग मिल्नेछ भनी बताउनुभएको थियोे । र यश काेराेना जस्तो विषम परिस्थितिबाट अाफु पनि वच्न र अरुलाई पनि बचाउन जनताकाे पनि साथ सहयोग चाहिने बताएका हुन । साथै यसबाट बच्न र अरुलाई बचाउन जनताकाे साथ सहयोगकाे अापेक्षा गर्नु भएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

