देशभर सक्रिय संक्रमित थपिरहेको बेला वैशाख १७ गतेको संक्रमित तथ्यांक अनुसार रुपन्देही दोस्रो नम्वरमा परेको छ ।
काठमाडौमा २४ सय ४ संक्रमित थपिँदा रुपन्देहीमा ४ सय ७३ संक्रमितहरु थपिएका हुन्। यस्तै लुम्बिनी प्रदेशको अर्को जिल्ला बाके तेस्रो नम्वरमा छ । बाकेमा ४ सय २२ संक्रमित थपिएका हुन ।
त्यसै गरि दाङ जिल्ला ५औ नम्वरमा छ । दाङमा २ सय ५२ संक्रमित थपिएका हुन । बर्दिया जिल्ला १५ औ नम्वरमा छ । वैशाखमा १७ गते मात्र ५० संक्रमित थपिएका थिए ।
त्यस्तै पश्चिम नवलपरासी पनि १७ नम्वरमा छ । १७ गते ४६ संक्रमित थपिएका थिए । रोल्पा १८ नम्वरमा रहेको छ जहाँ ४४ संक्रमित थपिएका थिए । पाल्पा २० औ नम्वरमा छ । जहाँ ४३ संक्रमित थपिएका थिए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

