Rashtriya Dainik

२४ घण्टामा नवलपरासीमा पाँच संक्रमितको मृत्यु

पश्चिम नवलपरासीमा २४ घण्टाको अन्तरालमा ५ जनाको मृत्यु भएको छ। शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म मृत्यु हुनेमा रामग्राम नगरपालिका र सुनवल नगरपालिकाका २र२ जना छन्।

सरावल गाउँपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देविलाल पौडेलले जानकारी दिए। उनीहरुमध्ये सुनवल नगरपालिका(६ का ८४ वर्षीय पुरुषको शुक्रबार होम आइसोलेसनमा र सोही नगरपालिका(७ का ८५ वर्षीय पुरुषको भीम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

त्यसैगरी रामग्राम नगरपालिकाका(६ का ४२ वर्षीय पुरुषको मेडिकल कलेज भैरहवामा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो।

शनिबार बिहान मात्र २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रामग्राम नगरपालिका(१० की ४५ वर्षीया महिला छन्। उनको कोरोना विशेष अस्पताल बुटवलमा मृत्यु भएको हो। त्यस्तै पृथ्वीचन्द्र जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार सरावल गाउँपालिका(२ का ४५ वर्षिय युवकको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मोहम्मद नुरुल होदाले बताए।

बैशाखको पहिलो सातादेखि शनिबारसम्म जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ। संक्रिय संक्रमितको संख्या ३ सय ५० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी रामग्राम नगरपालिकामा मात्र ७ जना छन्। हालसम्म जिल्लामा संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।

 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित