Rashtriya Dainik

रुपन्देहीको सैनामैना स्थित कोरोना अस्पतालमा एक युवाले गरे आत्महत्या

बुटवल । रुपन्देहीमा एक कोरोना सक्रमितले झुण्डीएर आत्महत्या गरेका छन् । तीनदिन पहिलेदेखि पुनःसञ्चालनमा आएकोे सैनामैना १ वनकट्टा स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको भवनमा बनेको कोरोना विशेष अस्थायी अस्पतालमा रहेका एक कोरोना संक्रमितले सौचालयमा झुण्डीएर आत्महत्या गरेको नगरप्रमुख चित्र बहादुर कार्कीले बताए ।

निजी व्यवसायबाट राम्रो आम्दानी गरेका सैनामैना १ बनकट्टाका युवाले काठमाण्डौं गएर उपचार गराउने चाहाना राखेको बताउँदै नगरप्रमुख कार्कीले यहाँका चिकित्सक र पारिवारीक सल्लाह अनुसार अस्पतालमा उपचार गराउँदै आएका थिए । नगरप्रमुख केसीले ग्लोवल आवाजसंग कुराकानीगर्दै भने -‘उहाँ अलि आत्तिनु भएको थियो, उहाँको मनोबल कम थियो, मनोचिकित्सक राखेर सम्झाउँदै आएका थियौँ ।’ नगरप्रमुख कार्कीका अनुसार घरबाट मगाएको पातलो तन्नाले ट्वाईलेटमा झुण्डीएको अवस्थामा फेला परेका थिए । करिब रातिको २ बजेको समयमा आत्महत्या भएकोे जनाइएको छ ।

सोही अस्पतालका एक जटिल बिरामीको लागि हेलिकप्टर मगाएर हिजोमात्रै काठमाण्डौं उपचारका लागि लगिएको थियो ।अस्पतालमा हाल तीनवटा मोनिटरयुक्त बेड, पाँचवटा अक्सिजनयुक्त बेड र ४५ वटा आइसोलेसन बेड रहेको छ । यसैगरी एकजना विशेषज्ञ डाक्टर, एकजना हेल्थ असिस्टेन्ट, दुईजना स्टाफ नर्स, चारजना अनमी र एकजना अहेब कार्यरत छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित