भोजपुर जिल्लाको प्रबेश प्रमूख केन्द्र अरुण गाउँपालिकाको जरायोटार देखि सबै पालिकामा मास्क बितरण कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु जिल्ला कमिटी भोजपुरको संयुक्त आयोजनामा ३ दिने माक्स बितरण अभियानको उद्घाटन पौवादुङमा गाउंपालिका अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटि भोजपुरका सचिब किरण राइले गर्नु भएको थियो ।
अभियानले ३ दिनमा १० हजार माक्स ,७ हजार जनचेतनामुलक हाते पर्चा र प्रत्येक ब्यक्तिलाई सेनिटाइजर बितरण गरेको हाे ।

विश्व नै कोरोना भाइरसका कारण आक्रन्त बनिरहेको बेला हाम्रो यो अभियान कोरोना नियन्त्रणमा थप प्रभाबकारि र सहयोग पुर्ण भुमिका निर्वाह गर्ने छ भन्ने बिश्वास हामिले लिएका छौ ।
अत्यावश्यक काम बाहेक घर बाहिर नजान यदि अत्यावश्यक काम भए अनिवार्य रुपमा माक्स सेनिटाइजर लगाएर मात्र हिड्नको लागि सुसूचित गर्दछौ । हामीले सवारि साधनमा यात्रामा रहेका चालकदलका सबै सवारिहरुलाइ अनिवार्य रुपमा सेनिटाइजर र माक्स लगाउन राइले सुझाव दिएका थिए।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

