बझाङको सदरमुकाम चैनपुरमा नव निर्मित पानकोट मोटरेवल पुलमा नेपालको राष्ट्रिय झन्डा राखिएको छ ।
एक हप्ता अघि निमार्ण सम्पन्न भएको उक्त पुलमा पडेस युवा समाज का युवाहरू मिलेर १० वटा राष्ट्रिय झण्डा राखेका हुन । युवाहरू मिलेर शुक्रवार एक कार्यक्रमको आयोजना गरी ८ ओटा साना र २ ओटा ठुला गरी १० वटा झण्डाहरु राखेका हुन ।
पुल निमार्ण भए सँगै सेल्फी खिच्ने, टिकटक बनाउने र नदी बाट प्रवाह हुने चिसो हावा लिनेहरूको भिड लाग्न थालेको छ । पुलमा आवतजावत बढी हुने गरेपछि सबैमा देशभक्तिको भावना जागरूक गराउन राष्ट्रिय झण्डा राखिएको पडेस युवा समाज मा अध्यक्ष पवन खड्का ले बताउनु भयाे ।
साथै राष्ट्रिय झन्डाले पुललाई थप आकर्षित गरेको समेत बनाएकाे छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

