Rashtriya Dainik

अखिल (क्रान्तिकारी) गुल्मीद्धारा सर्वसाधरणलाई माक्स वितरण

बैशाख -१५ गुल्मी ।

नेत्र विक्रम चंन्द नेतृत्वको नेपाल कम्युष्टि पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) गुल्मीले बुधवार सदरमुकाम तम्घासमा मास्क वितरण संगै सचेतानामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

अखिल क्रान्तिकारी गुल्मीका सह- संयोजक राज खड्काको नेतृत्वमा वुधबार एक हजार थान भन्दा बढी माक्स वितरण गरिएको अखिल (का्रन्तिकारी) गुल्मीका जिल्ला सदस्य समुन्द्र खत्रीले जानकारी दिए ।

साथै विद्यार्थी संगठनले सर्वसाधरणलाई माक्स लगाउन आग्रह गर्दै कोरोना बाट बच्न सक्ने उपायको बारेमा जानकारी गराउदै अनावश्यक हिडडुल नगर्ने समेत सर्वसाधरणलाई आग्रह गरेको छ ।

त्यस्तै अखिल (का्रन्तिकारी) गुल्मीले विपद्को समयमा एक जुट हुन आग्रह गदै कोभिड -१९ सम्बन्धी स्वास्थ्य सचेतनामुलक सन्देश प्रवाह गदै भित्तेलेखन कार्य समेत गरेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित