शिवजी मण्डेल /बझाङ
जिल्लाको थलारा गाउँपालिकामा खाद्य अधिकार अनुगमन सूचक तथा योजना प्रक्रिया सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
बाँच्न पाउने अधिकारीको आधार खाद्य अधिकार भन्ने बिषयमा फियान नेपालको आयोजनामा कार्यपालिका सदस्य विषयगत कर्मचारी स्थानीय खाद्य संजाल समिति र स्थानीय पत्रकार बीच कार्यशाला गोष्ठी गरिएको हो ।
गोष्ठीमा थलारा गाउँपालिका भित्रका खाद्य सवालका विषयगत पहिचान र ती सवाल समाधानका विषयमा छलफल गरिएको थियो । कार्यक्रम थलारा गाउँपालिका अन्तरगतका कार्यपालिका सदस्य तथा वडा अध्यक्ष निमित्त प्रमुख प्रशासकीय अधिकृत कविराज उपाध्याय फियान नेपालका सीता सिंह सुदूरपश्चिम प्रदेश खाद्य सुरक्षा अधिकार संयोजक बलबहादुर रोकाया थलारा गाउँपालिका खाद्य सुरक्षा अधिकार संजाल लोकेन्द्र बिष्ट र फियान नेपालका कानुनी अधिकार कानुनी सल्लाहकार मुकुन्द रानाको उपस्थिति रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

