Rashtriya Dainik

बालविवाह विरुद्ध य्रालि कार्यक्रम सम्पन्न

महेश यादव ,नवलपरासी ,९ बैशाख

पश्चिमी नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ मा बालविवाह विरुद्ध य्रालि कार्यक्रम सम्पन्न भएको छ।

बागमती संवाद केन्द्रकाे अायाेजना तथा एबिसि नेपाल ,स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे सहकार्यमा बालविवाह विरुद्ध य्रालि कार्यक्रम सम्पन्न भएको हाे ।
बागमती संवाद केन्द्रकाे सहयोग समितिकाे मिना गुप्ताकाे अध्यक्ष्ातामा युक्त बालविवाह विरुद्ध य्रालि कार्यक्रम सम्पन्न गरिएको थियोे ।

कार्यक्रममा बाेल्दै अध्यक्ष गुप्ताले बालविवाह गर्नु एक गैरकानुनी अपराध भए तापनि समुदायका मानिसहरु अाफ्नाे छाेरा छाेरिहरुकाे विवाह उमेर नपुग्दै गरिरहेका छन । सानाे उमेरमा विवाह गर्दा छाेरा छाेरिकाे शारीरिक मानशिक तनाव बढ्नुका साथै उनिहरुबाट हुने बच्चालाई समेत असर पर्न सक्छ । साथै उनिहरुबाट हने बच्चा कुपाेसित हनुका साथै सानाे उमेरमा विवाह गर्दा गर्भ रहेकाे वा बच्चा हुने बेलामा अामाकाे ज्यान पनि जाने गरेको अवस्था पनि देखिएको छ । उहाँ भन्छिन् त्यस्तो समस्या समाधान गर्न र बालविवाह गर्ने प्रचलन लाई अन्त्य गर्न बालविवाह विरुद्ध जनचेतना भैलाउन अावश्क रहेकाे बताउदै सम्पुर्ण सहयोगि हात र कार्यक्रम सञ्चालन गरि साथै विभिन्न सुचना मार्फत जनचेतना जगायदै अाएकाे संघ संस्था र मिडिया लाई धन्यवाद दिनुभएको थियो ।

साे कार्यक्रममा एबिसि नेपालका सुपरभाइजर राजमन बरई लगायत ५० जना किशोर किशोरीहरुकाे सहभागीता रहेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित