Rashtriya Dainik

सशस्त्र प्रहरी र नेपाल प्रहरीको सन्युक्त टोलिले पेस्तोल सहित एक जना पक्राउ

बीरगंज, ८ बैशाख । पर्साको सदरमुकाम बिरगंज महानगरपालिका वडा नम्बर १६ बाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको सन्युक्त टोलिले पेस्तोल सहित एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । बिशेष सूचना आउनसाथ बोर्डर आउट पोस्ट बिरगंज भन्सार र प्रहरी चौकी इनर्वाबाट खटिएको सन्युक्त टोलिले पेस्तोल र सोमा प्रयोग हुने म्यागजिन सहित पक्राउ गरेका हुन ।
बोर्डर आउट पोस्ट बिरगंज भन्सारबाट सशस्त्र प्रहरी निरीक्षक बिष्णु अधिकारीको कमान्डमा ७ जना सशस्त्र प्रहरीको टोलि र प्रहरी चौकी इनर्वाबाट प्रहरी नायब निरीक्षक पूर्ण प्रसाद दहाल सहित ५ जनाको नेपाल प्रहरीको टोलिले पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीले जनाए अनुसार बिशेष सूचना आउनसाथ बिरगंज महानगरपालिका वडा नम्बर १६ शन्क्राचार्य गेट नजिकै चेकजाच गरिरहेको क्रममा पेस्तोल र सोमा प्रयोग हुने २ थान म्याग्जिन सहित पक्राउ गरिएको बताएका छन ।
मकवानपुर जिल्ला हाडिखोला गाउपालिका वडा नम्बर ९ बस्ने कुल बहादुर राणा मगरको २४ वर्षिय छोरा राजु राणा मगरलाइ पेस्तोल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । आज साझ करिब ७ बजेर ५५ मिनेटमा मगरलाइ पक्राउ गरि पेस्तोल र म्याग्जिन सहित अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको प्रहरीले जनाएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित