Rashtriya Dainik

काेराेना रोकथाम तथा नियन्त्रण गर्न सरावल गाउँपालिकाले जारी गर्यो सुचना

उमेश बि.क / नवलपरासी , ८ बैशाख

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सूचना जारी गरेको छ।

मंगलबार बसेको बिपद ब्यवस्थापनकाे बैठकको निर्णय अनुसार काेराेना भाइरस संक्रमणकाे दाेस्रो लहरबाट वच्न पालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरु,वडा कार्यालयहरु,स्वास्थ्य संस्था ,वितिय संस्थाहरुले सेवा प्रवाह गर्दा तथा अाफ्ना गतिविधि सन्चालन गर्दा स्वास्थ्य सतर्कता अपनाई सेवा प्रवाह गर्न आदेश जारी गरेको हो ।

कोरोना संक्रमणबाट बच्न व्यापक रुपमा प्रचार प्रसार गर्ने समेत निर्णय भएको छ ।

साथै काेराेनाबाट वच्न सावधानी अपनाउन तथा नियम पालना गर्न गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले अनुराेध गर्नुभएको छ ।

अध्यक्ष चाैधरीले मानव जिवनमा स्वास्थ्य सबैभन्दा ठुलाे धन भएको हुनाले अाफ्नाे स्वास्थ्य प्रती सबैले ख्याल राखेर स्थानीय तहले जारी गरेको निर्णय हामी सम्पुर्ण जनताको भलाइकाे लागि भएको हुनाले यसप्रति ध्यान दिन समेत अाग्रह गर्नुभएको हाे।

हाल दाेस्राे चरणकाे काेराेना समुदाय स्तरमा पनि देखिएकाे हुनाले दैनिक कार्य सन्चालन गर्दा अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्ने ,मास्क लगाउने ,साबुनपानीले हात धुने तथा सुरक्षाको उपाय अवलम्बन गर्ने र बेलैमा सचेचभई संक्रमणबाट बच्ने उपाय अपनाउनुहुन तथा सम्बन्धित निकायसँग हातेमालो गर्दै अगाडि बढ्नुहुन सम्पुर्ण गाउँपासिलाई अनुरोध समेत गर्नुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित