महेश यादव/नवलपरासी ,७ बैशाख
पश्चिमी नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नम्बर २ हरपुरमा लागु पदार्थ न्युनिकरणका लागि अभिभावक तथा स्थानीय सराेकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
प्रगति किशोर किशोरी सञ्जालकाे अायाेजना तथा एबिसि नेपाल ,स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र पाल्हिनन्दन गाउँपालिकाकाे सहकार्यमा लागु पदार्थ नियुनिकरणका लागि अभिभावक तथा स्थानीय सराेकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।
किशोर किशोरी ,अभिभावक तथा स्थानीय सराेकारवालाहरुकाे उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रममा सञ्जालका अध्यक्ष निलज्याेति गाैडकाे अध्यक्षता तथा वडा नम्बर २ का वडा अध्यक्ष रामनगिना सिंहकाे प्रमुख अतिथता रहेको थियो ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि सिंहले हामी एउटा ग्रामीण क्षेत्रकाे ब्यक्तिकरण बुझि समुदायमा बढदै गरेको लागू पदार्थ सेवन गर्ने र गर्न दिने लाई कार्वाहीकाे दायारामा लगि लागू पदार्थ नियुनयकरण गर्न अावश्क रहेको छ । र नजिकै रहेको छिमेकी देशकाे खुल्ला सिमा नाकाले गर्दा लागू अाैषत अाेसार पाेसार गरि सेवन गर्न सजिलो भएकोले सिमा नाकामा पनि कडाइ गरि समस्या समाधान गर्न सकिने बताए । उहाले समुदायमा भएको विभिन्न रक्सि भठ्ठि र मदिरा पसलमा बिक्रीवितरणमा राेक लागाउनुका साथै जनचेतनामूलक सन्देश ,कार्यक्रम गराई मानिसलाई सचेत गरायनु पर्नेमा जाेड दिएका थिए । र बिशेष गरि हामी सम्पूर्णले अाफ्नाे छाेरा छाेरिलाई अाफै सचेत गराउनुपर्ने र अाफु पनि लागू पदार्थ सेवन नगर्ने बताउनुभएको थियोे ।
साे अवसरमा बाेल्दै अध्यक्ष गाैडले त्यस्ता समस्या लाई नियुनिकरण गर्नकाे लागि हामिले अाफ्नाे घर देखि समुदायमा नै जनचेतना जगाउन जरुरि रहेको बताए । साथै लागू पदार्थ मुक्त समाज निमार्ण गर्नकाे लागि सबै भन्दा पहिला अाफ्नाे घर परिवारलाई लागू पदार्थ मुक्त बनाउनु पर्ने बताउनुभएको हाे ।

कार्यक्रममा अतिथिहरुमा ईलाका प्रहरी चाैकि अामानिगंजका प्रहरी उपरीक्षक बुढाशंकर थारु, एबिसि नेपालका कार्यक्रम सुपरभाइजर राजमन बरई र बन्दना थारु लगायत ५० जना किशोर किशोरी , अभिभावक र स्थानीय सराेकारवालाहरुकाे उपस्थिति रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

