-
संंजय कुशवाहा / नवलपरासी / ७ बैशाख
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.६ पिपरपाती स्थितमा रहेको कोटही माताको मन्दिर ओझेलमा भएको छ ।
करिब २५ वर्ष स्थापित भएको कोटही मन्दिरमा अहिले सम्म गाउँपालिकाको जनप्रतिनिधिहरुको ध्यान पुगेको छैन ।
११ वर्ष पहिला साविक गाविस गुठी परसाैनीले कोटही माताको स्थानमा पक्की मुर्ति र तल पक्की भुई निर्माण गरिएको थियो ।

११ वर्ष देखि मुर्ति माथि ट्रस्ट नभएकोले मुर्ति घाम र पानी खादै आएको थियो । सोही गाउँपालिका वडा न.६ गुठी परसौनीका युवा समाजसेवी दिन बन्धु मिश्राले कोटही माताको मुर्ति माथि जस्ता लगाउनु भएको छ र पानी खानको लागि धारा मर्मत समेत गरिदिनु भएको छ।
जनप्रतिनिधिले गर्ने काम युवा समाजसेवी मिश्राले गरेपछि गाउँलेहरु चाैतर्फिक प्रशंसा गरेका छन ।

मिश्राले समाज कल्याण तथा धार्मिक स्थानलाई पर्यटकीय स्थान बनाउनमा अाफु हमेशा लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

