सहबान अन्सारी/नवलपरासी,६ बैशाख
नवलपरासीमा करिब ६ लाख १४ हजार ८ सय ५ रुपयाँ मुल्य बराबरको अबैध सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमवार शसस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर पश्चिम नवलपरासीको मातहत सशस्त्र प्रहरीको मोबाईल गस्ती टोलीले बिशेष सुराकीको आधारमा सरावल गाउँपालिका वडा नं. १ बासामा भारतबाट अबैधरुपमा भन्सारी छली लुकाई छिपाई नेपालतर्फ ल्याउदै गरेको लत्ताकपडाहरु(थानको कपडा- ४० थान, सर्टको थान कपडा ३० थान, लेडिज टप्स ३८४ पिस, मेक्सि १५०पिस, कुर्ता सुरुवाल ३१ पिस, साडि ९ पिस) बरामद गरी आवश्यक कारवाहिको लागी महेशपुर भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर नवलपरासी पश्चिम उक्त गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिए
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

