Rashtriya Dainik

कोरोना संक्रमण बढ्दै, परासीमा एक वृद्धाको मृत्यु

ज्ञानेश्वर सहानी / नवलपरासी ५ बैशाख

पश्चिम नवलपरासीमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । आवश्यक सावधानि नअपनाए अवस्था भयाभह हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।

भारतको उत्तर प्रदेश र बिहार राज्यसंग सीमा जोडिएका कारण पनि जिल्लामा संक्रमणको जोखिम बढ्दो देखिएको हो । कोरोना संक्रमणका कारण गएराति रामग्राम नगरपालिका–३ परासीकी ७१ वर्षीया वृद्धाको मृत्यु भएको छ । मुटु र उच्च रक्तचापको बिरामी रहेकी वृद्धाको घरमै मृत्यु भएको हो ।

मृत्युपछि गरिएको कोरोना परीक्षणमा उहाकोे रिपोर्ट पोजेटिभ आएको थियो । उनको शवलाई स्वास्थ्य कार्यालय र नेपाली सेनाको टोलीले रामग्राम ४ स्थीत झरही खोलामा व्यवस्थपन गरेको थियो । केहि दिन अगाडी मात्रै सुनवलका एक जना पुरुषको पनि संक्रमणको कारण मृत्यु भएको थियो । जिल्लामा हाल सम्म ३५ जनाको मृत्यु भएको थियो भने संक्रमितको संख्या १४ सय ५८ पुगेको छ ।
दोस्रो चरणको कोरोनाको प्रकोप बढि रहँदा यो जिल्लामा पनि संक्रमितको संख्या बढ्दो छ । संक्रमण बढ्दै गएकाले आवश्यक सावधानि अपनाउनु पर्ने स्वास्थय कार्यालयका प्रमुख कृष्ण प्रसाद पोखरलले कोरोनाको नयाँ भेरियन्ट बढि संक्रामक रहेको बताउनुभयो । तर स्थानिय तहहरुले भने कारोना संक्रमण रोक्न आवश्यक सावधानि र भविष्यमा आउन सक्ने जोखिमका लागी आवश्यक तयारी गरेका छैनन् । शव व्यवस्थापनका लागी स्थान नतोक्दा समस्या हुदै आएको छ ।

जिल्लाका ७ स्थानीय तहहरु मध्ये केहिले शव व्यवस्थापनका लागी स्थान तोकेका छन् भने धेरैले अहिलेसम्म शव व्यवस्थापनका लागि जग्गा व्यवस्थापन गर्न सकेका छैनन् । रामग्राममा पनि स्थान नतोकिदा बिहान केहिबेर शव कहाँ व्यवस्थापन गर्ने भन्ने अन्यौल सृजना भएको थियो । शव व्यवस्थापनका लागि उचित स्थानको खोजी नगर्दा खोला छेउ र जंगल क्षेत्रमा शव लैजाने क्रममा स्थानीयहरुले बिरोध गर्ने गरेका छन् । जसका कारण हतारमा शव व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित