Rashtriya Dainik

दाउन्ने बस दुर्घटना अपडेट: ३१ जना घाईते मध्ये ३ जनाको मृत्यु

नवलपरासी/ ५ बैशाख

पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने सडक खण्डमा शनिबार भएको बस दुर्घटनामा परी घाइते भएका मध्ये ३ जनाको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीका अनुसार दुर्घटना परी घाइते भएका मध्ये २ जनाको चितवन स्थित पुरानो मेडिकल कलेज र एक जनाको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचारको क्रममा निधन भएको हो ।

प्रहरीका अनुसार घाईते मध्ये ईलाम घर भएका २५ वर्षीया धनु दर्लामी, मकानपुर जिल्ला बकाय गाउँपालिका घर भई हाले विनयी त्रिवेणी २ दाउन्ने गुम्बामा बस्ने ५७ ज्ञामु हिसे छमु ग्याल्मो र चितवनको भरतपुर महानगरपालिका निवासी ६६ बर्षीय हिमलाल न्यौपाने रहेका छन् । २८ जना घाइते रहेका छन् । घाइतेहरु सबैको अवस्था चिन्तामुक्त रहेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले दिएको जानकारी अनुसार घाईतेहरुलाई उद्धार गरी मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारार्थ लगिएको छ ।

शनिवार साझ ५ बजेर ४० मिनेटको समयमा बुटवलबाट नारायणगढ तर्फ आउदै गरेको ना ५ ख ७००० नम्वरको बस अनियन्त्रित भई दाउन्ने बजार नजिक सडक बाट करिव २ सय मिटर तल खसेको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित