पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ७ मा बाबा भिमराव अम्बेडकरकाे १३० अाैँ जन्मजयन्ती समारोह सम्पन्न गरिएको छ।
संयुक्त दलित संघर्ष समितिकाे अायाेजनामा संयुक्त दलित संघर्ष समिति सरावल गाउँपालिका सदस्य भुल्लन हरिजनकाे अध्यक्षतामा तथा संयुक्त दलित संघर्ष जिल्ला कार्यसमिति अध्यक्ष राजु हरिजनकाे प्रमुख अतिथ्यतामा सम्पन्न गरिएको हाे।

साे समारोहमा संयुक्त दलित संघर्ष समिति जिल्ला कार्यालय सदस्य पहलाद पासवान
महातम हरिजन ,बाैद्ध गुरु भन्ते ,श्रीकान्त प्रसाद हरिजन,सन्जय हरिजन , सुस्ता गाउपालिका अध्यक्ष राज कुमार हरिजन लगाएतले बाबा भिमराव अम्बेडकरकाे १३० अाैँ जन्मजयन्तीकाे शुभकामना ब्यक्त गरेका हुन ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

