Rashtriya Dainik

पश्चिम नवलपरासीमा तीन लाख भन्दा बढी मुल्य बराबरको अवैध मालसामान बरामद

बैशाख २
उर्मिला यादव यात्री सुनवल
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बिहीबार करिब तीन लाख चार हजार आठ सय पचास रुपैया मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ । प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याई लुकाई राखेको साडी, सर्ट, पाईन्ट लगायतका कपडा साथै चेन, हुक लगायतका बिभिन्न टेलरका सामान बर्दघाट नगरपालिका वडा नम्बर. १२ भटौलियाबाट बरामद गरेको हो । बरामद भएका सामानको अन्दाजी मुल्य तीन लाख चार हजार आठ सय पचास रुपैया मुल्य बराबर रहेको प्रहरीले जनाएको छ । बरामद सामान बिहीबार नै आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित