Rashtriya Dainik

गरिवलाई कसले हेर्ने…?

उत्तम कुमार थापा बझाङ
खप्तड छान्ना गाउँपालीकाकाे वडा नम्बर ५ छात्रबस्ति गाउँमा रहेको सिचाइ कुलाे भत्किएको छ ।

विगत लामो समय अगाडि सिचाइ नहर भत्किदा कृषकहरुले खेति लगाउन सकेन । गाउँपालीकाकाे वडा नम्बर पाच कालुखेतिकाे छात्रबस्ति गाउँमा जम्मा ८५ परिवार बसाेवास गर्दै अाईरहेका छन भने सबैको खेति गर्ने जग्गा यसै भेगमा पर्ने भएको हुदा पाटादेवल जाेडिने सडकले र केही समय अगाडि अाएकाे पहिराेले नहर बगाउदा करिब दुई हजार राेपनी जग्गा बाझाेमा परिणत भएको हाे ।

छात्रबस्ति गाउँकाे लाटेखेतमा बाझाे रहेपछि स्थानीयमा अब कसरी पेटपाल्ने हाे भन्ने चिन्ता उव्जन थालेको छ । करिव दुई बर्ष अगाडि देखि पानी नहुदा खेती लगाएको छैन । छात्रबस्ति गाउँका ८० बर्षिया हिरु थापा भन्छन हाम्रो अधिकाङ्स जग्गा यसैमा पर्छ अहिलेसम्म कुनै निकाय बाट याेजना अाएकाे छैन । गरिवलाइ कसले हेर्नुर पहुँच बालाकाे गाउँमा कराेडाै कराेडका याेजना जान्छन हामी जस्ता गरिवलाई कसले हेर्नू भन्दै दुखेसाे पाेखेका छन । उनले भने मेराे मात्र हैन अधिकाङ्स घरपरिवारको खेति बाझिएको छ । मैले करिव एक लाख बराबरको पाईप ल्याएर कुल्याउदै गहुँ लगाएकाे बालि पनि पानी नहुदा सुकेको छ । अब के खाने भन्ने चिन्ता लागेकाे बताए ।

गाउँमाकाे ठुलाे जमिन भएको नहर करिव एक दुई बर्ष अगाडि देखि अलपत्र अवस्थामा छ । खेतीयोग्य जमिन बाझाे रहदा कसरी पेट बाल्ने हाे भन्ने चिन्ता जनसमुदायमा रहेकाे छ । कतै बाट याेजना अाए चाडै समाधान हुने स्थानीय युवा सुर्य बहादुर थापाले बताए । गाउँकाे खाने जग्गा बाझाे देख्दा निकै दुख लागेको र नेताहरु अाउन्छन किन बाझाे रहेको भनेर साेध्छन कतिपय नेताहरु त हामी गर्छु मात्र भन्ने अाशाेसन दिएर जान्छन फेरि न त फर्केर अाउन्छन न त याेजना दिन्छन खेतीयोग्य जमिन बाझाे रहदा गाउँले निकै चिन्तित बनेका छन । बसैले सहयाेग गरे भगवान सहिनै मान्ने ८० बर्षिया बृद्ध हिरुथापाकाे भनाइ छ । उनले भने अषाढ नजिकै अाउदैछ सबै खेति लगाउलान हामीले के गर्ने हाे । विहु राख्ने बेला भईसक्याे घरमा चिन्ता छ । उनले निरासा हुँदै फेरि भने, कुनै निकाय बाट सहयाेग भए भगवान अाएजस्तै भान हुने बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित