बैशाख १,कपिलवस्तु
पवित्र महिना रमजान तथा नया बर्ष २०७८ को उपलक्ष्यमा राष्ट्रीय मदरसा संघ नेपालले कार्यक्रम गरि समाजमा रहेका युवा, समाजसेवी तथा भद्रभलादमीहरुमा खुशी साटा साट गर्दै एक अर्कामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकाे छ।
साथ साथै राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डाॅ अब्दुल गनी अलकुफीले उपस्थित सबै लाई हार्दिक बधाई तथा शुभकामना दिदै भनेकि इस्लाम धर्मको पवित्र महिना रमजान आज देखि शुरु हुने भएको छ यो महिना धैरे बरकत वाला महिना रहेको छ यो महिनामा सबैले आ आफ्नो तरिकाले इबादत गर्ने र साथ साथै आफ्नो घरको वरिपरि वा गाउं टोलमा रहेका गरिब असहाय हरुको मदद गरि गरिब परिवारहरुको पेट भर्ने काममा लाग्नु पर्ने कुरामा जोड दिएका थिए ।
त्यसै क्रममा लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले पनि उपस्थित सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि शुरु हुने भएको छ । नयाँ वर्षसँगै रोजा पर्व शुरु हुनु सम्भवतः यो पहिलो भएको बुढापाकाहरु बताउँछन् ।मुस्लिम समुदायकाे याे पर्वमा महिना दिनसम्म बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । उर्दू पात्राेका अनुसार आज बुधबार बिहान ४ः १५ बजेबाट बेलुका ६ः२० बजे सम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन भइरहन्छ ।
यसरी रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । याे रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी सम्बत् १४४२ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ ।
राेजामा दान दिनु , गरीब र दीनदुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न हिजाे साँझ मुसलमानहरुले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ ।

मुस्लिम समुदायका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ राेजाबाट पूरा हुने मानिन्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन ल्याउन पनि सकिने बताउनु भयो
विश्वव्यापी रुपमा फैलिएको कोभिड19 (कोरोना भाइरस) लाई ध्यानमा राख्दै नेपाल सरकारले जारी जारी गरेको स्वास्थ्य मापदंडको पुर्ण पालन गरि यो पवित्र रमजान महिनाको इबादत गर्नाको लागि समुदायमा एक प्रेस विज्ञप्ति मार्फत आग्रह समेत गरेका छन।

उक्त कार्यक्रममा समुदायका धर्मगुरु समाजसेवी युवा व्यापारी बुद्धिजीवी हरुको उपस्थिती रहेकाे थियो र कार्यक्रम राष्ट्रीय मदरसा संघ नेपालको पुस्तकालयमा सम्पन्न भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

