Rashtriya Dainik

नवलपरासीको महेसपुरमा महायज्ञ शुरु

महेसपुर, १ बैशाख । श्री श्री १०८ जयमा कोटही सतचण्डी महायज्ञ महेसपुरमा शुरु भएको छ । महयज्ञ मंगलबार भक्तजनहरु वृहद क्लश यात्रा निकाली शुरु गरेका हुन् । महायज्ञ समितिका अध्यक्ष रामानन्द पटवाको संयोजकत्व तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यतामा उक्त क्लश यात्रा शुरु भएको थियो । क्लश यात्राको प्रमुख अतिथि कण्डेलले उद्दघाटन गर्नु भएको थियो ।


क्लश यात्रा महेसपुरबाट शुरु भई, अमानीगंज, सुनरी, चम्कीपुर, रम्पुरवा हुदै यज्ञ स्थलमा आएको थियो । क्लब यात्रामा २५१ क्लश झरही खोलामा जल भरण पनि भएको थियो । क्लश यात्रामा करिब एक हजार भक्तजनहरुको सहभागिता रहेको थियो । क्लश यात्रा धुमधाम बाजागाजा सहित निकालिएको थियो । उक्त महायज्ञ सात दिन चल्ने आयोजक समितिले जनाएको छ ।
क्लश यात्रामा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेल, समितिका सचिव महातम विश्वकर्मा, हरि बहादुर सहानी,महेन्द्र निगम, प्रमोद पटेल, तारादेवी जयसवाल लगायतले शुभकामना दिएका थिए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित